कैलाली। कैलालीमा कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ४३ वर्षीय महिला र सेती प्रादेशिक अस्पतालमा ४६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेकी कैलालीको लम्की चुहा नगरपालिकाकी महिलाको मृत्यु पछि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै शनिबार संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का पुरूषको उपचारको क्रममा मृत्यु भएको छ ।
योसँगै सुदुरपश्चिममा कोरोना भाइरसका कारण चार जनाको मृत्यु भएको छ । संक्रमित पुरुषको मंगलबार रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो ।
यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला र वाजुराको बूढीगंगा नगरपालिकाको दुई वर्षीय बालिकाको मृत्यु भएको थियो ।










