गुल्मी। भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नम्बर ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका थिए । प्यारालाइसिसबाट पीडित उनी भारतमा उपचार गरेर फर्किएका हुन् ।
भारतबाट आएपछि उनी होम क्वारेन्टाइनमा बसेका थिए । हिजो उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले जानकारी दिनुभयो । उनको स्वाब परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।










