काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण विश्वभर त्रास कायमै छ । विभिन्न देशमा गएका नेपाली यही त्रासका कारण घर फर्किने तरखरमा थिए । तर यसको लागि महिनौ पर्खिनु पर्यो ।

केहि दिने देखी नेपालीहरु स्वदेश आइरहेका छन् । बर्मा,कुबेत,कतार,युएई,साउदी लगायत खाडी मुलुकबाट आउने क्रम चलिरहेको छ । उता दक्षिण कोरिया गएका नेपालीहरु र तिनका आफन्तहरुलाई भोलिको दिन सुखद हुने भएको छ । भोलि दक्षिण कोरीयाबाट २३६ नेपाली स्वदेश फर्कदै छन्। कोरियन एयरमार्फत् उनीहरु स्वदेश फर्कने भएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि कोरियन एयरले जुन २० मा नेपाल रित्तै आउने र कामदार लिएर फर्कने तयारी गरेको थियो। तर अहिले सरकारले कोरियन एयरमा नेपाली कामदार फर्काउन अनुमति दिएसँगै नेपाली आउन लागेका हुन्। कोरियामा भिसा अवधि सकिएर अलपत्र अवस्था रहेका नेपालीमध्ये प्राथमिकताका आधारमा सूची तय गरी २३६ नेपाली फर्काउन लागिएको हो।