काठमाण्डौं। आज असार ७ गते तथा २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज बिहान ३ बजेर २८ मिनेटमा सूर्य कर्कट राशीमा प्रवेश गर्नेछ । आजबाट सूर्यको गति दक्षिणी गोलार्धतर्फ बढ्नेछ । आजैबाट दिन छोटो हुँदै रात लामो हुँदै जान्छ । आगामी पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ ।

आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि ब्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने ज्योतिषीहरुले बताएका छन् ।