काठमाडौंं– भारतीय सीमामा काँडेतार लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राज्यले उचित कानुन बनाएर नेपाल–भारत सीमा व्यवस्थापन गर्नुपर्ने माग रिटमा छ ।
नेपाल बारका पूर्वउपाध्यक्ष अधिवक्ता शालिकराम सापकोटासहित चारजनाले दायर गरेको रिटमा सीमामा कानुन बनाएर काँडेतार लगाउनुपर्ने, दुवै देशका नागरिकको आवागमन र ट्रान्जिटमा समेत भिसाको व्यवस्था हुनुपर्नेलगायत माग गरिएको छ ।
रिट दायर गर्नेमा सापकोटासहित गीता शाह र सुवास विश्वकर्मा तथा नवल खड्काले संयुक्त रुपमा निवेदन दर्ता गरेका हुन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद प्रतिनिधिसभा सचिवालय, संघीय संसद राष्ट्रियसभा सचिवालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषदको कार्यालय, परराष्ट्र रक्षा र गृह मन्त्रालयलाई विपक्षी बनाई दाएर भएको उक्त रिटको पेसी सर्वोच्चले असार ९ गतेका लागि तोकेको छ ।
रिट निवेदकले सीमा सुरक्षा र संरक्षणका लागि उचित कानुन बनाउन र अन्य देशसरह अध्यागमन कानुन लागू गर्न माग गरेका छन् । फरक धार बाट










