पोखरा । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा १२ जना र नवलपुरमा ८ जना संक्रमित भएका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ । उनीहरु सबै भारतबाट फर्किएका हुन् । गण्डकीका ११ वटै जिल्लामा कोरोना संक्रमण भेटिएको छ । बागलुङमा १ सय १७ जना, नवलपुरमा १ सय ४० जना, स्याङजामा ९६ जना, कास्कीमा १७ जनामा कोरोना पुष्टि भइसकेको छ ।
मनाङ र मुस्ताङ र लमजुङमा हालसम्म एक एक जनामा संक्रमण भएको छ । आज बिहानको तथ्यांक अनुसार हालसम्म प्रदेशमा ५५ जना निको भएका छन् भने एक जना पुरुषको मृत्यु भएको छ ।










