काठमाण्डौं। कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा अलपत्र परेका नेपाली आजबाट स्वदेश फर्किदै छन् । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत पहिलो उडानअन्तर्गत २ सय ५९ जना नेपाली आज स्वदेश फर्किदै छन् । ।

जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए। साथै आजको जहाजमा फर्किनेमा न्युजिल्यान्डका ११ नेपाली पनि छन्। नेपाल फर्किन उनीहरू आजै बिहान अस्ट्रेलिया विमानस्थल आइपुगेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दूतावासका अनुसार नेपाली उद्धारका लागि अब दोस्रो उडान जुन २७ मा मेलबर्नबाट हुनेछ । नेपाल फर्किन १३ सय जनाले फाराम भरेका छन्। तीमध्ये पहिलो चरणमा आज २ सय ५९ जनालाई पठाउन लागेको हो ।

उनिहरु आँफैले प्रतियात्रु भाडा २ हजार ३ सय ५० अस्ट्रेलियन डलर भाडा तिरेर फर्किन लागेका हुन्। जहाज चढ्नुअघि सबै यात्रुको स्वाब परीक्षण गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको दूतावासले जनाएको छ। नेपाल आइपुगेपछि पनि उनीहरूले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ ।