दमक। झापाको दमकबाट आज ५० जनाको स्वाव संकलन गरि परीक्षणका लागि पठाउने तयारी गरिएको छ । दमकमा ३ वटा क्वारेन्टाइन रहेपनि दाहाल प्रतिष्ठानको क्वारेन्टाइन खाली छ ।
दमकको मानसरोबर क्वारेन्टाइनमा ३३ जना पुरुष र मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनमा २२ जना रहेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव कुबेर प्रसाद भट्राईले सवाल नेपाललाई जानकारी दिनुभयो ।
दमकमा अहिले सम्म ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सोमबार मात्र एकजना संक्रमित थपिएपछि संक्रमितको संख्या ३ पुगेको हो । त्यसमध्ये पहिलो संक्रमित एक जना भने कोरोना जितेर घर फर्किसकेका छन् ।










