पाकिस्तानका १० जना क्रिकेटरमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । पाकिस्तान क्रिकेट बोर्डले मंगलबार सात खेलाडीमा संक्रमण भएको पुष्टि गरेको हो । कोरो संक्रमितहरुमा मोहम्मद हफीज, फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजमा कोरोना संक्रमण भएको पाइएको छ ।

यसअघि सोमबार पाकिस्तान क्रिकेट बोर्डले शदाब खान, हरिस रउफ र हैदर अलीबाट कोरोना संक्रमित भएको बारेमा जानकारी दिएको थियो। पछिल्ला दुई दिनमा पाकिस्तानी क्रिकेटरहरुमा कुल १० जना कोरोना संक्रमणबाट प्रभावित भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खेलाडीहरू, जसको परीक्षण नकारात्मक छ, सबै जून २८ मा इंगल्यान्डको लागि प्रस्थान गर्नेछन्। पाकिस्तान क्रिकेट टीमले इंगल्यान्डसँग तीन टेस्ट र तीन २०/२० खेलको श्रृंखला अगस्टमा प्रस्तावित गरेको छ। पाकिस्तानमा कोरोना संक्रमणको घटना लगातार वृद्धि भइरहेको छ।पाकिस्तानमा एक लाख ८५ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन ।