दमक। झापाको दमकमा सवारी दुर्घटना भएको छ । सो दुर्घटनामा बाइक चालक दमक ५ बस्ने ज्ञानु चिमरिया घाइते भएका छन् । दमक ५ स्थित पाथिभरा पेट्रोल पम्पमा पेट्रोल हाल्न रोकेको भारतीय लरीलाई पछाडीबाट बाइकले ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आरजे ३६ जीए ३९६० को लरीलाई को २१ प ४१५२ नम्बरको बाइकले पछाडीबाट ठक्कर दिएको इप्रका दमकले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका बाइक चालक चिमरियाको टाउँको र नाकमा चोट लागेको इप्रका दमकको संचारले सवाल नेपाललाई जानकारी दिएको छ ।
उनको दमकको निम्स नेशनल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लरी चालक पनि प्रहरी नियन्त्रणमै रहेको प्रहरीले जनाएकोे छ ।











