भक्तपुर । चाँगुनारायण नगरपालिका– ४ छापस्थित चिहानडाँडामा महिलाको कान लुछेर सुन चोर्ने २ जना पक्राउ परेका छन् ।
महिलाको कान लुछेर सुन चोर्दा सिन्धुपाल्चोक चौतारा नगरपालिका– २ स्याउका ४८ वर्षीय मंगल तामाङ र सिन्धुपाल्चोकै बन्जेमाने– ३ का ३१ वर्षीय विशाल तामाङ पक्राउ परेका हुन् ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ६ मा बस्ने उनीहरुले चिहाडाँडाको जंगलमा घास काट्न गएको बेला महिलाको कान लुछेर २ थान सुनको रीङ चोरका थिए । उनीहरुलाई २ थान सुनको रीङ र खुकुरीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










