दमक। झापाको दमकबाट आज ३५ जनाको स्वाव संकलनगरि परीक्षणका लागि विराटनगर पठाइएको छ । स्वाव संकलनपछि उनीहरुमा कोरोना भाइरस संक्रमण भएको छ छैन, सोको परिक्षण गर्न स्वाव विराटनगर पठाइएको हो ।

दमकमा आज संकलन गरिएकामा २२ जना क्वारेन्टाइनका छन् भने बाँकी होम क्वारेन्टाइनका हुन् । तीन दिन अघि ६१ जनाको स्वाव संकलनगरि परीक्षणका लागि पठाइएकोमा हिजो आएको रिपोर्टमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुको स्वावको रिपोर्ट मंगलबार सम्ममा आइपुग्ने दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।