काठमाडौं- सशस्त्र प्रहरी बलले दार्चुलमा एकै दिन ३ वटा बिओपी स्थापना गरेको छ। बिहीबार जिल्लाको मालिकाअर्जुन गाउँपालिका- ४ जोलजिबी, लेकम गाउँपालिका- ३ लाली र व्यास गाउँपालिका- २ दुम्लिङमा बिओपी स्थापना भएको हो।

यसअघि दार्चुलाको छाङरूमा बिओपी स्थापना भइसकेको छ। योसँगै दार्चुलामा बिओपी संख्या ४ पुगेको छ। बिहीबार सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बिओपी उद्घाटन गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड