बझाङ। बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता भएका छन् । यहाँको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् ।

गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको छ । बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले घटना स्थलमा प्रहरी टोली पठाईएको जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पानी परीरहेका कारण खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भइरहेको बताइएको छ । राती एक बजे तिर माटोसंगै ढुङ्गा बगेर आउन थालेपछि गाउँलेहरुको भागाभाग मच्चिएको थियो । पहिरोले १८ परिबारको घरमा भएको अन्न, लत्ता कपडा, गाई, भैसी गोरु लगायत धन सम्पती समेत बगाएको छ ।