दमक। झापाको दमकबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दमकमा डेरा गरी बस्दै आएका उनिहरुलाई लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक–९ का ३१ बर्षीय रबिन कुँवर, ईलाम पाँच धरे घई भई दमक–५ बस्ने १९ बर्षीया मनिसा राई र ताप्लेजुङ आठराइ त्रिवेणी गापा ३ बस्ने २२ बर्षीया सम्झना थेगु लिम्बु रहेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका प्रहरी कार्यलय दमकका सादा पोशाकका प्रहरीको विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो राती ११ बजे उनिहरुलाई कोठाबाट पक्राउ गरेको हो । उनिहरुको कोठाबाट ब्राउन सुगर १७.५७ ग्राम बरामद गरेको पनि प्रहरीले जनाएको छ । उनिहरुलाई अहिले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय दमकमा राखिएको छ ।