आफु एउटा असल मोडल र समाजसेवी बनेर भविष्यलाई मध्यनजर गर्दै संघर्षतालाई निरन्तरताका साथ हरदम प्रयास गरि आफ्ना सफलतालाई मुठीमा राखी रंगमंचमा आउन प्रयासरत हुन् सोनिया बस्नेत । भोजपुर जिल्लामा २०५७ सालमा जन्मिएकी बस्नेत मोरंग स्थित सुकुना क्याम्पसमा अध्यनरत छिन ।

मोडेलिंग क्षेत्र भनेको कलाले भरिपूर्ण क्षेत्र रहेको र यसलाई सदुपयोग गर्न सक्दा समाजमा सुधारको पक्षधर् बन्न सकिन्छ । आफ्ना भावनालाई प्रस्तुत गर्न कलाले ठुलो मद्दत गर्छ भन्ने सोनियाको उदाहरण हो र उदाहरणलाइ सकारात्मक बन्नुपर्छ भन्दै सोनिया पनि आफुलाई एउटा उदाहरण बनाउन लागि परेकीछिन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोडेलिंगबाट चलचित्र क्षेत्रमा प्रवेश गरि समाजलाई सुधार गर्दै कलाकारिता क्षेत्रबाट देश बिकाशमा सहयोग गर्दै हजारों युवाको उत्प्रेरणा बन्ने सपना सोचेकी छिन सोनियाले |यस क्षेत्रमा आफ्नो परिवारको पनि ठुलो हात रहेको बताउछिन ।

उनले भन्छिन जसरी म अहिले बुवा आमाको नामले चिनीएकि छु त्यसरी नै एक्दिन पक्कै पनि म एउटा सफल व्यक्ति बनेर चिनाउछु भन्ने धारण उनको रहेको छ ।

फोटो: बसन्त