काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय, आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत ६३ सह–सचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सह–सचिवको सरुवा भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाको समेत सरुवा भएको छ । कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका शोभाकान्त पौडेलको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश सुर्खेत सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थमन्त्रालय अन्र्तगतको महालेखा नियन्त्रक कार्यालय प्रवक्ता एवं सह–महालेखा नियन्त्रक भुपाल बरालको प्रदेश २ को सामाजिक विकास मन्त्रालय जनकपुरमा सरुवा भएको छ ।

हेर्नुहोस् को कहाँ सरुवा भए ?