कञ्चनपुर। बुधबार बिहानैदेखि परेको अविरल बर्षाका कारण कञ्चनपुरमा रहेको नेपाल भारत सीमा स्तम्भ ढलेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं २ बैजुडाडास्थित नेपाल भारत २०७ नं सीमा स्तम्भ ढलेको छ। स्थानियले वर्षाका कारण सो स्तम्भ ढलेको बताएका छन् ।

सीमास्तम्भ नजिकै उम्रिएको सिमलको रुखका कारण वर्षौदेखि सो स्तम्भ बांगिएको अवस्थामा थियो। लामो समयदेखि सीमास्तम्भ बाँगिएर जिर्ण हुँदासमेत सम्बन्धित निकायको वेवास्ताका कारण सीमास्तम्भको मर्मत भएको थिएन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय पक्षले कैयौं स्थानमा सीमास्तम्भ गायव पार्ने र नक्कली स्तम्भ गाडेर सीमा अतिक्रमण गर्दै आएको भएपनि नेपालले त्यसतर्फ ध्यान नदिएको स्थानियले गुनासो समेत गरेका छन् । स्तम्भ ढलेपनि सरकार बेखबर जस्तै छ ।