दमक। झापाको गौरादहको क्वारेन्टाइनमा आज ६ जना थपिएका छन् । उनीहरु भारत बाहेक तेश्रो मुलुकबाट आएको गौरादह नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । वहाँका अनुसार यो समाचार तयार पार्दा सम्म तीन क्वारेन्टाइनका गरि ६४ जना छन् ।

गौरादहको स्कुल चौन माविको क्वारेन्टाइनमा ३४ जना, कृषी क्याम्पसको क्वारेन्टाइनमा २४ जना र जनता मावि क्वारेन्टाइनमा ६ जना छन् । जनता माविमा आज आएका मात्र रहेको पनि वहाँले जानकारी दिनुभयो । गौरादहबाट हिजो मात्र १०१ जनाको स्वाव संकलन गरि परीक्षणको लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपचारको लागि काठमाण्डौ गएकी एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएपछि हिजो उनको घर आसपासको क्षेत्रबाट सो संख्यामा स्वाव संकलन गरिएको थियो । सोको रिपोर्ट भोलि आउने पनि श्रेष्ठले जानकारी दिनुभयो । गौरादहमा अहिले केहि क्षेत्रमा आवत जावतमा रोक लागाइएको छ ।