दमक। नगरपालिकाले आँफूहरुको आवाज नसुनेको भन्दै दमक नगरपालिकाको वडा नम्बर ५ का वासिन्दाले बाटो निर्माण गरिदिन भन्दै नेकपा नेता गगन पुरीलाई गुहारेका छन् ।

वडा नम्बर ५ को मुनाल टोल विकास संस्थाका अध्यक्ष कृष्णराज खतिवडा,बाटो निर्माण समितिका अध्यक्ष एक बहादुर भट्टराई लगायतको समुहले पुरीलाई सो टोलको १६७० फुट लम्बाई भएको बाटो निर्माणका लागि गुहारेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानिय समाजसेवी सुमन कार्कीको पहलमा नेकपा नेता गगन पुरीले सो बाटोको बिहीबार निरीक्षण समेत गरेका छन् । नगरपालिकाबाट ड्रेन बाइएपनि नगर प्रमुख रोमनाथ ओलीले पिच आँफै गर्नुस भनेर बाटो निर्माणबाट पन्छिएकाले पुरी समक्ष कुरा राखेको टोल विकास संस्थाका अध्यक्ष खतिवडाले बताउनु भयो ।

त्यस्तै बाटो निर्माण समितिका अध्यक्ष एकबहादुर भट्राईले भन्नुभयो, मै मार्फत नगरपालिकामा फायल पेश गरेर गिटी विच्छ्याइयो । पिचको तयार गरियो । तर नगरपालिकाबाट काम नभएपछि वहाँलाई गुहारियो । २ बर्ष अघि नै बाटो निर्माण गरि पिचका लागि गिटी समते हालेर तयार गरिएको थियो ।

सो बाटो निर्माणका लागि स्थानिय ५२ घरबाट रकम समेत उठाएर काम गरिएको भएपनि पछि नगरपालिकाले बेवास्ता गरेको भट्राइले गुनासो समेत गर्नु भयो । त्यस्तै सोहि बाटोको उपभोक्ता चन्द्र बहादुर कार्कीले बार बार नगरपालिका धाउँदा पनि कुनै सुनुवाई नभएको बताउनु भयो । वहाँले जनतालाई बाटोको आवश्यकता अति नै परेको तर बाटो निर्माणमा नगर प्रमुखले वेवास्ता गरेको बताउनु भयो ।

बाटोको निरीक्षण पछि पुरीले आँफूले पहल गर्ने बताए । वहाँले सो बाटो संगै कल्भर्ट निर्माणमा पनि आँफूले सहयोग गर्ने बचन समेत दिनु भएको छ । पुरीले बाटोको लागि तत्काल पहल शुरु गर्ने बचन दिनुभयो भने कल्भर्ट निर्माणका लागि मंसिरमा आँफूलाई सम्झाउन भन्दै सुमन कार्कीलाई सुझाए । पुरीले बाटो निरीक्षण गर्दा स्थानियले हामीलाई विकास गर्ने तपाइ जस्तै नेता चाहिएको छ भन्दै पुरीको प्रशंसा समेत गरेका थिए ।