लकडाउनलाई खुकुल्लो पार्दा राजधानीमा संक्रमणको जोखिम बढेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार साँझ देशबासीका नाममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'हाम्रा प्रयासले कोरोना नियन्त्रण आउने क्रममा यो स्थितिमा परिवर्तन आएको छ । लकडाउनलाई केही खुकुल्लो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ' उनले भने ।
'गतअसार ९ देखि २४ गतेका बीचमा उपत्यकामा संक्रमतको संख्यामा उल्लेख्य वृद्धि भएको उनले बताए । ९ असारमा उपत्यकामा ६३ जना रहेको मा २४ गते यसको कुल संख्या २३३ पुगको उनले बताए । यसले राजधानी उपत्यकमा कोरोना संक्रमितको संख्या तीव्ररूपमा वृद्धि हुँदै गएको संकेत गरेको उनले बताए ।
'यो संक्रमण समुदायमा फैलियो भने भयाभह स्थिति आउन सक्छ । त्यसैले हामी सबैमा गम्भीरता अनुशासन र सचेतना आवश्यक रहेको छ । राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय चिकित्सक र स्वास्थ्यकर्मीले सुझाएको सुरक्षति रहेन उपाए कुनै पनि हालतमा अपनाउनु पर्छ ।'










