काठमाडौं। आज विश्व जनसंख्या दिवस । कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त पारिरहेका बेला यस वर्षको जनसंख्या दिवसका दिन कुनै औपचारिक कार्यक्रम बिना नै सकिदै छ ।
वर्ल्डोमिटरका अनुसार विश्वको जनसंख्या ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार नाघेको छ । वर्ल्डोमिटरका अनुसार यस वर्ष ४२ करोड ८० लाख बढीको जन्म भएको छ भने ३० करोड ९७ लाख व्यक्तिको मृत्यु भएको छ ।











