दमक। झापाको दमक नगरपालिकामा आज पनि स्वाव संकलन गरिने भएको छ । दमकका दुई क्वारेन्टाइन, होम क्वारेन्टाइन लगायतमा बस्दै आएकाहरुको स्वाव संकलन गर्ने नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जनकारी दिनुभयो ।

वहाँका अनुसार दमकको मानसरोबर क्वारेन्टाइनका १६ पुरुष र महिला क्वारेन्टाइनका २ महिलाको स्वाव संकलन गरिने छ । क्वारेन्टाइनका १८ जना बाहेक अन्य कतिको स्वाव संकलन हुन्छ भन्ने चाँही एकिन भै नसकेको वहाँले बताउनु भयो । भट्टराईका अनुसार ३० देखि ३५ जना सम्मको स्वाव संकलन हुनेछ । दमकमा अहिले सम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।