दमक। झापाको दमकबाट आज ३२ जनाको स्वाव पिसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ । जसमा २४ जना पुरुष र ८ जना महिला छन् । स्वाव पठाइएकामा दमकको मानसरोबर क्वारेन्टाइनका १६ जना, महिला क्वारेन्टाइनका ३ जना र अस्पतालका ७ जना छन् । त्यस्तै होम क्वारेन्टाइनका ६ जना छन् । अस्पतालका ७ जना मध्ये ४ जना पुरुष हुन् ।

त्यस्तै होम क्वारेन्टाइनका ६ जना मध्ये २ जना महिला रहेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । दमकमा आज तेश्रो मुलुकबाट १० आएका छन् । ती मध्ये ८ जना मानसरोबर क्वारेन्टाइनमा बसेका छन भने एक जना होम क्वारेन्टाइन र एक जना होटल क्वारेन्टाइनमा बसेको पनि सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज आएका सबै पुरुष हुन् । क्वारेन्टाइमा आज थपिएका ८ जनासँगै ४२ जना छन् । जसमा मानसरोबरमा ३८ जना छन भने महिला क्वारेन्टाइना ४ जना छन् । दमकमा अहिले सम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६ जनाले कोरोना जितिसकेका छन् ।