काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ को पीसीआर विधिबाट जाँच गर्न काठमाडौँ उपत्यकाका ४ सहित ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएल, टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ तथा बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड १९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौँ उपत्यकामा सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरको सेन्ट्रल डाईग्नोस्टिक ल्याव र लाजिम्पाटको सूर्या हेल्थ केयरले अनुमति पाएको एनपीएचएलका प्रवक्ता राजेशकुमार गुप्ताले जानकारी दिनुभयो ।

त्यस्तै बुटवलको नेशनल प्याथ ल्याव र नेपालगञ्जको बागेश्वरी प्रयोगशालाले पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् ।