चितवन। अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा सडक भासिएको छ । सडक भासिएपछि अहिले एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भैरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोमबार विहान १० बजेतिरको समयमा सडक भासिएको हो । अविरल वर्षाको कारण सडकखण्डको ढेड फुट भासिएको छ । सोहि सडकखण्डका तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।










