काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको ड्याम फुटेको छ । ड्याम मंगलबार दिउँसो फुटेको हो । ड्याम फुट्दा त्यहाँ कार्यरत ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र २५ वर्षीय इञ्जिनिययर सतिश गोहित बेपत्ता भएका छन् ।

ड्याम फुट्दा कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनियर शेखर खनाल घाइते भएको मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभएको छ । घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको तामाङले जानकारी दिनुभयो । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ड्याम फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बर को हाइलक्स गाडीसमेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको छ । जनता समाचार बाट