केबि महरा/ कैलाली : जिल्लाको चुरे गाउँपालिका ६ मा अवस्थित च्युरी सामुदायिक बन भित्र च्युरीका रुखहरु काट्ने क्रम बढिरहेको पाईएको छ । च्युरीको फल(च्युरीको दाना) टिप्ने बहानामा आउने गरेका स्थानीय हरुले च्युरीको रुख समेत काट्ने गरेका हुन् ।

सवाल नेपालको स्व-अनुगमनका क्रममा असार ३० गते डोटि जिल्ला ,छतिवन गाबिस ८ धारापानीका स्थानिय बासुदेव रावल च्युरीको फल टिप्ने बहानामा च्युरीका हाँगा समेत काटिरहेका थिए ।साथमा २ जना अन्य महिलाहरु समेतको मिलेमतोमा च्युरी काटिरहेका स्थानिय रावललाई हामिले च्युरी नकाट्न सुझाएका थियौँ तथापी उनी च्युरीका हाँगाहरु काटेर दाना संकलन गर्नमै ब्यस्त देखिन्थे । हाम्रो आग्रह पछि भने 'आफुबाट गल्ती भएको र अर्कोपटक यस्तो गल्ती दोहोर्याउँने छैन ' भनी उनले जवाफ फर्काएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानिय बन ऐन अन्तर्गत कार्वाहिका लागि स्थानिय @'च्युरी सा• ब• उपभोक्ता समुहका अध्यक्ष डम्बर बहादुर थापालाई जानकारी गराइएको भएतापनी उपभोक्ता समिती हाल निष्क्रिय अवस्थामा रहेको स्थानिय थापाले प्रतिक्रिया दिएका छन्। बन ऐन तथा प्रावधान अनुसार स्थानिय बनको संरक्षण तथा उपभोग स्थानिय स्तरमै दिईएको थियो तथापि जिल्ला बन कार्यालय तथा इलाका बन कार्यालय मातहत यसखाले फँडानी ,बन पैठारी ,उपभोग र बितरणमा नियमन गर्दै आईरहेको छ ।

प्राय असार,श्रावण महिना च्युरीको फल पाक्ने सिजन हो । च्युरीको दाना फलका रुपमा खान सकिन्छ भने यसको दाना भित्र रहने फल(बिज)हरु जम्मा पारी उक्त बिज मार्फत तेल समेत खानका लागि प्रयोग गरिन्छ ।

स्थानीय स्तरमै पाईने यसखाले बहुगुणी वनस्पतिले धेरथोर मात्रामा तेलको समेत उपभोगमा सहजता प्रदान गरेकाले च्युरीलाई बहुउपयोगी बनस्पति मानिन्छ । साथै च्युरीका रुखहरु रहेका पहाडी भु-भागमा पहिरोको जोखिम समेत अन्यत्रको तुलनामा न्यून रहेको पाईन्छ । च्युरिको फुलमा प्रयाप्त मात्रामा गुलियो पदार्थ रहने र जसले गर्दा मौरिहरुका लागि मह निर्माणमा समेत राहत पुग्दछ । यसखाले बहुउपयोगी च्युरीको रुख संरक्षणको अभावमा दिनप्रतिदिन लोप हुँदै गइरहेको छ ।

पछिल्लो समय बन संरक्षणको अभावमा रुख/ बिरुवाहरुको फँडानी तथा जंङ्गल दोहनको क्रम बढिरहेको छ । पर्यावरणिय सन्तुलन कायम राख्न र प्रकृतिको कृत्रिम दोहन नियन्त्रणमा सम्बन्धित निकायको समयमै ध्यान पुग्न जरुरी देखिन्छ ।