दमक। झापाको दमक नगरपालिकामा आज पनि स्वाब संकलन गरिदै छ । आज स्वाब संकलन गरिनेमा दमकका २ क्वारेन्टाइनमा बस्दै आएका सहित होम क्वारेन्टाइन, होटल क्वारेन्टाइन र अन्य केहि विरामी रहेका नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
वहाँका अनुसार आज ६० देखि ६५ जना सम्मको स्वाब संकलन गरिने छ । स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइने छ । दमकमा अहिले सम्म १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाले कोरोना जितिसकेका छन् ।










