सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका -४ फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । पहिरोका कारण चार जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा वर्ष ३५ की साङबु शेर्पा रहेको प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

गएराति आएको पहिरोले एउटा घर पुर्णरुपमा क्षति भएको छ भने एउटा घरमा आंशिक रुपमा क्षति भएको छ । पहिरोले गर्दा एक विद्यालयमा पनि क्षति पुगेको छ । सेती देवी पञ्चकन्या आधारभूत विद्यालयको कम्पाण्डमा क्षति पुगेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिरोमा परेर ६० जना विस्थापित भएका छन् । वडाअध्यक्ष साङदोर्जे शेर्पाका अनुसार पहिरोमा पुरिएर मृत्यु हुने शेर्पाको श्रीमान् ग्यान्जेन शेर्पा भने काठमाडौं बस्ने गरेकाले बचेका छन् ।