सुनसरी। सुनसरीको हरिनगरमा शसस्त्र प्रहरी र तस्करहरुको समुहबीच दोहोरो झडप भएको छ । गएराती भएको झडपमा शसस्त्र प्रहरीको गोली लागि एकजना तस्कर गम्भीर घाईते भएका छन् ।

भारतबाट विभिन्न सामान तस्करी गरि नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले सामान बरामद गर्न खोज्दा दुबै पक्षबीच झडप भएको थियो । सामान बरामत गर्ने क्रममा शसस्त्र प्रहरीलाई ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले हानेको गोली लागेर हरिनगरा ७ का २० बर्षीय सवाज अन्सारी घाइते भएका छन् । उनको पेटमा गोली लागेको छ । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ ।

तस्करहरुको समुहले हानेको ढुङगा लागेर शसस्त्र प्रहरी जवान जिवराज विशंखे घाइते भएका छन् । घाइतेको शसस्त्र प्रहरीको पूर्व क्षेत्रिय अस्पताल पकलीमा उपचार भैरहेको छ ।