दमक। झापाको दमक नगरपालिकाबाट आज २१ जनाको स्वाब संकलन गरिएको छ । उनीहरुमा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको हो । स्वाब संकलन गरिएकामा १४ पुरुष र ७ महिला रहेका छन् ।

जसमा मानसरोबर क्वारेन्टाइनका ९ जना, होम क्वारेन्टाइनका ८ जना, अस्पतालका २ जना, पाथिभरा होटल क्वारेन्टाइनका १ जना र विज्ञान पार्कको महिला क्वारेन्टाइनका १ जना रहेको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।  उता गौरादहको ३ वटा क्वारेन्टाइनमा ६६ जना छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसमा जनता माविको क्वारेन्टाइनमा १९ जना, जुरोपानी स्वास्थ्य चौकी क्वारेन्टाइनमा १८ जना र अमर मावि क्वारेन्टाइनमा २९ जना रहेको गौरादह नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै गौरीगञ्जको क्वारेन्टाइनमा ३० पुरुष र ७ महिलासहित ३७ जना रहेको गौरीगञ्जका फोकल पर्सन अनुप शर्माले जानकारी दिनुभयो ।