कमल। झापाको कमल गाउँपालिका –३ केर्खामा भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा गाउँपालिका–६ का २७ बर्षीय प्रदिप लम्साल रहेको प्रहरीले जनाएको छ ।

शनिवार राती सवा १२ बजे पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको मे १० प ९८२६ नम्बरको मोटरसाईकलले सडकमा राँगालाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक झापा गाउँपालिका–६ का २७ बर्षीय प्रदिप लम्साललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाईकलमा सवार २६ बर्षीय धर्मेन्द्र सुवेदीको लाइफलाइन अस्पतालमा उपचार भईरहेको पनि प्रहरीले जनाएको छ ।