दमक। झापाको दमक नगरपालिकाबाट आज २१ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको छ । उनीहरुमा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको हो । स्वाब संकलन गरिएकामा १४ पुरुष र ७ महिला रहेका छन् ।

जसमा मानसरोबर क्वारेन्टाइनका ९ जना, होम क्वारेन्टाइनका ८ जना, अस्पतालका २ जना, पाथिभरा होटल क्वारेन्टाइनका १ जना र विज्ञान पार्कको महिला क्वारेन्टाइनका १ जना रहेको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।  वहाँका अनुसार दमकको क्वारेन्टाइनमा अहिले २६ पुरुष र ५ महिला गरी ३१ जना छन् । दमकको क्वारेन्टाइनमा आज थप ४ जना आएका छन् ।