विभिन्न मुलुकमा अलपत्र १२ सय नेपाली स्वदेश फर्किएका छन्।

कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार आइतबार तीन देशबाट एक हजार दुई सय २९ नेपाली स्वदेश फर्किएका हुन्।

जसमा युएई, कतार र मलेसिया रहेका छन्।

यसैगरी, आइतबार चार जनाको शव पनि नेपाल ल्याइएको छ।