अबिरल वर्षापछि आएको बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

धादिङ र चितवन जोड्ने मौवा खोला पुलको धादिङतर्फ पुलमा बाढीले क्षति पुर्‍याएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा पर्ने उक्त पुलमा क्षति पुर्‍याएपछि चितवन तथा पोखरा हुँदै काठमाडौं आउने सवारी साधनहरू चितवन तर्फ नै रोकिएका छन् ।

काठमाडौं तथा धादिङसँगको सम्बन्धविच्छेद भएको छ ।

पृथ्वी राजमार्गको धादिङ खण्डमा मात्र १० ठाउँमा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मुग्लिन–नारायणगढ खण्डमा पनि ठाउँ–ठाउँमा पहिरोले अवरुद्ध गरेपछि गाडीहरू बीच बाटोमै रोकिएका छन् ।