आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् ।

गोदावरी खोलामा आएको बाढीका कारण ललितपुरको टीकाथली र भक्तपुरको बालकोट क्षेत्रमा डुबानको समस्या देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार सोमवार इमाडोल, टीकाथली, नख्खुडोल क्षेत्रमा डुबान भएको थियो ।

ललितपुर यूएन पार्कमा पनि डुबान भएको थियो । गोदावरी खोलामा राति पानीको सतह घटे पनि अहिले फेरि डुबान शुरू भएको स्थानीयले बताए ।

खोला किनारका घरहरूमा पानी पसेको छ । तस्वीर : पत्रकार लक्ष्मण कार्कीको ट्विटरबाट