लकडाउन हटे पनि कोरोना महामारीको जोखिम टरिनसकेकाले सचेत रहन राष्ट्रपति विद्यादेवी भण्डारीले अपिल गरेकी छन् । स्वास्थ्यसम्बन्धी नियमहरूको अनिवार्य पालना गर्न उनको आग्रह छ ।
'जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ, तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु,' राष्ट्रपति भण्डारीले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा लेखेकी छन् ।
सरकारले केही प्रतिबन्ध कायमै राखेर लकडाउन अन्त्य गरेको घोषणा मंगलवार गरेको थियो । हेर्नुहोस्, ट्वीट :
https://twitter.com/PresidentofNP/status/1285860140453736448?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1285860140453736448%7Ctwgr%5E&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F113582%2F2020%2F7%2F22%2Fbidhya-bhandari









