जनकपुर । धनुषामा एक जनालाई पेस्तोल देखाएर झण्डै ४ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ ।
बुधबार धनुषाको कमला नगरपालिका वडा नम्बर २ का २० वर्षीय धिरजकुमार अधिकारीसँग रहेको ३ लाख ७६ हजार रुपैयाँ लुटिएको हो ।
उनी बुधबार दिउँसो करिव साढे एक बजेको समयमा जनकपुरबाट घर फर्किने क्रममा जलाद पुल नजिकै लुटिएका हुन् । नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले पेस्तोल देखाएर पैसा लुटेको पीडित अधिकारीले बताए ।
घटनामा संलग्न लुटेराको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।










