कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट वडा कार्यालयको सभा कक्ष, प्रशासन कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ ।

कार्यालयका महत्वपूर्ण कागजात, फर्निचर, सोफा, कम्प्युटर, फोटोकपी मेसिन पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिनुभयो । राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको पनि सिंहले जानकारी दिनुभयो ।