विराटनगर, ८ साउन । प्रदेश–१ प्रहरी कार्यालयका थप चार प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले जानकारी दिएका छन् ।

बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पोखरेलले भने, ‘हामीसँगै क्वारेन्टिनमा छौं, बिहीबार १५० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदैछौं ।’ कार्यालयको नियमित काम भने नरोकिएको उनले जानकारी दिएका छन् । सीमित जनशक्ति राखेर अनलाइनबाट पनि सेवा दिइरहेको उनले बताए । नया पेज बाट साभार