उदयपुरस्थित बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति वितृष्णा व्यक्त गर्दै राजीनामाको घोषणा गरेकी छन् ।

बुधबार साँझ फेसबुकमा ‘काला कर्ततु’ स्वीकार गर्न नसक्ने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिने बताएकी हुन् । त्यसका लागि उनले जनतासँग माफी पनि मागेकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु । जनतासँग माफी माग्न चाहुन्छु,’ फेसबुकमा उपमेयर चौधरीले लेखेकी छन्, ‘काला कर्तुतहरूको विषयमा कार्यान्वयन हुँदैन । धिक्कार छ, दुईतिहाइ सरकार !’

तर विषय के हो उनले खुलाएकी छैनन् । सञ्चारमाध्यममा उनले दिएको अन्तर्वार्ताअनुसार नगरपालिकामा व्यापक भ्रष्टाचार बढेकाले राजीनामा दिने मनस्थितिमा पुगेकी हुन् । चौधरी तत्कालीन नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् । अहिले भने उनी नेकपाकी नेतृ हुन् । नागरिक न्यूज बाट साभार 

https://www.facebook.com/chaudhary.rajkumari.9/posts/587028812199723