काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देशमा बढिरहेको संकटबाट मुक्तिका लागि ५ वटा प्रस्ताव अघि सारेका छन् ।

नेता भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै संसद अधिवेसन बोलाउने र केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न प्रस्ताव गरेका छन् । उनले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन पनि माग गरेका छन् । ‘देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं,’ भट्टराईले सारेका पाँच प्रस्तावमा भनिएको छ, ‘१. संसद अधिवेशन बोलाऊँ । २. केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं । ३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ । ४. भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं । ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्रमतीको हत्या गर्ने सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालाको सजाय कम गरेर जेल मुक्त गरेको सन्दर्भमा भट्टराईले न्यायाधीशमाथि महाअभियोगको प्रस्ताव अगाडि सारेका हुन् ।

https://twitter.com/brb1954/status/1286488274618347525?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1286488274618347525%7Ctwgr%5E&ref_url=http%3A%2F%2Fwww.ratopati.com%2Fstory%2F139846%2F2020%2F7%2F24%2Fbaburam-bhattarai