काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज पाउनेको संख्या ७५ रहेको छ । देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचार भइरहेका ७५ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १३ हजार एक सय २८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लाे २४ घण्टामा एक सय ३० जनामा काेराेना भाइरस संक्रमण देखिएकाे छ । हाल नेपालमा पाँच हजार चार सय ४० जना संक्रमित उपचाररत छन् ।










