दमक/ आरडीटी रिपोर्ट पोजेटिभ आएका झापाको शिवसताक्षी नगरपालिकाको एक पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । गत असार २५ गते दक्षिण कोरियाबाट आएर क्वारेन्टाइनमा बस्दै आएका शिवसताक्षी नगरपालिका–८ का ३९ वर्षीय ती पुरुषमा ९ गते आएको आरडीटी रिपोर्टमा पोजेटिभ देखिएको थियो ।
त्यसपछि उनको पीसीआर परीक्षणका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । जसको आज आएको रिपोर्टमा पीसीआर नेगेटिभ आएको शिवसताक्षी नगरपालिकाका फोकल पर्सन रोशन अधिकारीले सवाल नेपाललाई जानकारी जानकारी दिनुभयो । अहिले सम्म शिवसताक्षीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ जनाले कोरोना जितिसकेका छन् ।










