काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगित गरेपनि इतर समूहले त्यसलाई अस्वीकार गर्दै बोलाएकाे स्थायी समिति बैठक सकिएको छ ।

बालुवाटारमा बसेको बैठकले अहिले पार्टीभित्र देखिएको संकटको अवस्थालाई निकास दिन र ओलीसँग सहमति गर्न कार्यकारी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । बैठकमा २९ स्थायी समिति सदस्य र २ जना आमन्त्रित सदस्य सहभागी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीले बैठक स्थगित गर्नु सही नभएकाले बैठक बसेको भन्दै श्रेष्ठले सोअनुसार ओली समूहलाई पनि बैठकमा सहभागी हुन आग्रह गरेपनि अस्वीकार गरेको बताए । रातो पाटि बाट साभार