झापा। झापामा अब मास्क नलगाइ हिड्न नपाइने भएको छ । जिल्ला प्रसाशन कार्यालय झापाले मास्क नलगाई हिँड्नेलाई सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । जिल्ला कोरोना संक्रमण व्यवस्थापन कमिटी झापाको बुधबार बसेको बैठकले मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । प्रसाशनले जरिवाना तिर्नेलाई रसिद दिने र संकलित जरिवाना राजश्वमा दाखिला गर्ने निर्णय गरेको छ










