काठमाण्डाै – नेपाल एअरलाइन्सले पहिलो पटक सुडानको लागि उडान गरेको छ ।

नेपाली सेनाको शान्ति मिसनमा जाने सैनिक बोकेर दक्षिण सुडान पुगेको नेपाल एअरलाइन्सको जहाजले फर्कँदा पनि शान्ति मिसनमा रहेका सैनिक ल्याएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओमानको राजधानी मस्कट हुँदै दक्षिण सुडानको राजधानी जुवा गएको नेपाल एअरलाइन्सको जहाजले दुई सय ३८ जना सैनिक लगेको थियो भने फर्कँदा दुई सय ५० सैनिक ल्याएको छ ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज मङ्गलबार राति सुडानको लागि उडेको थियो भने बुधबार राति काठमाण्डौ फर्किएको छ ।