इजिप्टको एक अदालतले बुधवार एक महिलालाई टिकटकमा भिडियो राखेर अश्लीलता फैलाएको आरोपमा कारावास सजायको आदेश दिएको छ ।
विगत एक हप्तामा यस्तो किसिमको सजाय पाउने उनी छैठौं महिला हुन् ।
मनार सामी नामक ती महिलालाई तीन वर्षको कारावास सजाय दिइएको हो । इजिप्टका लोकप्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि अदालतले गरेको कारवाहीको पछिल्लो कडीमा सामी परेकी हुन् ।
आफ्ना भिडियोमार्फत अश्लीलता, अनैतिकता र कामभावना जगाउने क्रियाकलाप गरेको आरोपमा सामीलाई यसै महिनाको आरम्भतिर पक्राउ गरिएको थियो ।
उनले लोकप्रिय संगीतमा नाचेको अनि ओठ चलाएको भिडियोले सामाजिक मर्यादामा आघात गरेको र वेश्यावृत्ति गर्ने लक्ष्य लिएको अदालतको भनाइ छ ।
न्यायिक स्रोतका अनुसार, यस आदेशलाई पुनरावेदन गर्न सकिनेछ । सामीका वकिल हानी बास्योनीले अगस्ट १५ मा पुनरावेदनको सुनुवाइ हुने बताए ।
https://video.dailymail.co.uk/preview/mol/2020/07/30/5166371366160480826/636x382_MP4_5166371366160480826.mp4









