रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सर्वसाधारण नागरिकलाई घरबाट बाहिर निस्कदा मास्क लागाउन अनिवार्य गरेको छ ।सरकारले लकडाउन हटाए पनि कोरोना भाइरसको जोखिम बढ्ने क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले सर्वसाधरणलाई घर बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थलीमा संयुक्त रुपमा सचेतना र्याली निकाल्नुका साथै मास्क नलगाई हिडेका यात्रु तथा पैदल यात्रीहरुलाई सचेतना स्वरुप मास्क वितरण गरेको छ ।
नागरिकहरुलाई अत्यावश्यक भएमात्रै घर बाहिर निस्कन अनुरोध गर्दै बाहिर निस्कदा मास्क प्रयोग नगरेमा कारबाही गरिने प्रशासनले जनाएको छ । सर्वसाधारण नागरिकलाई सचेतना गराउने उद्देश्यले ‘तपाईँको मास्क खै ?’ लेखिएको प्लेकार्ड सहित निकालिएको र्यालीका क्रममा ९ थान मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका जनाएको छ ।










